एमाले मसल भएको अभिमन्यु हो, गठबन्धन कागजको  बाघ : ओली

काठमाडौं ३० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दललाई मसल भएको अभिमन्यु र सत्तारुढ दलहरुलाई कागजको बाघको संज्ञा दिएका छन् ।

माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियार लगायतलाई बिहीबार पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले एमालेलाई सहजै पराजित गर्न नसकेपछि गठबन्धन गरेर, अदालत गएर परमादेश जारी गराएको बताए ।

महाभारतमा चक्रव्यूह तोडेर भित्र पस्न जानेको, तर बाहिर निस्कन नजानेका कलिला अभिमन्युलाई कौरवका महारथीहरुले घेरेर हत्या गरेको प्रसंग सुनाउँदै ओलीले भने, ‘आजको अभिमन्यु नेकपा एमाले, त्यसबेलाको जस्तो कलिलो अभिमन्यु होइन । यो त ठूला ठूला मसल भएको अभिमन्यु हो । यो चक्रव्यूह तोड्ने, भित्र पस्न र त्यहाँ फोडेर बाहिर निस्कन पनि जान्दछ ।’

गठबन्धनमा आवद्ध दलहरुलाई भने कागजको बाघ मात्र भएको उनको दाबी छ । कोही पनि एमालेसँगै एक्लै लड्न तयार नभएको भन्दै ओलीले भने, ‘अहिले जसले आफूलाई महारथी भन्ने ठानेका छन्, तिनीहरु कागजका बाघ मात्र हुन् ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति