नेपाल टी-२० लिगको पहिलो संस्करण सर्‍यो

काठमाडौँ, ३० भदौ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगको पहिलो संस्करण सरेको छ ।

यसअघि असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म हुने भनिए पनि क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता निर्धारित मितिमा नहुने जनाएको हो ।

गृह मन्त्रालयले मंसिर चार गते हुने प्रदेश र केन्द्रको निर्वाचनाका विभिन्न कार्यक्रम हुने भएकाले त्यस समय खेलाडीहररु बसोबास गर्ने होटलमा आवश्यक सुरक्षा दिन कठिन हुने भन्दै निर्वाचनपछि प्रतियोगिता गर्न आग्रह गरेपछि नेपाल टी–२० सारेको क्यानले जनाएको छ ।

क्यानले प्रतियोगितामा विदेशी खेलाडी आउने भएकाले उनीहरुको सुरक्षा महत्वपूर्ण रहेको गृह मन्त्रालयको आग्रह स्वीकार गर्दै प्रतियोगिता सार्ने निर्णय गरेको जनाएको छ ।

प्रतियोगिता सरेसँगै डिसेम्बर ११ देखि ३१ सम्म नयाँ मिति प्रस्ताव पनि गरिएको छ । नेपाल टी–२० को पहिलो संस्करणमा पोखरा एभेन्जर्स, विराटनगर किंग्स्, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स र काठमाडौँ गोर्खाज गरी ६ टिम सहभागी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति