अजय देवगण र सिद्धार्थ मल्होत्राविरुद्ध उजुरी

मुम्बई, २९ भदौ । अभिनेता अजय देवगन र सिद्धार्थ मल्होत्रा स्टारर फिल्म ‘थ्याङ्क गड’को ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलरलाई धेरै दर्शकले मन पनि पराइरहेका छन् । ट्रेलरमा राखिएको केही दृश्यका कारण अर्को पक्षले भने उजुरी दिएको छ ।

ट्रोल आर्मी नामक सञ्जाल प्रयोगकर्ता समूहले फिल्म बहिस्कारको माग गरेको छ । उनीहरूले ट्रेलरमा भगवानको अपमान गरिएको दाबी गरेका छन् । यहीबीच अजय, सिद्धार्थ र फिल्मका निर्देशक इन्दर कुमारविरुद्ध मुद्दा दर्ता गरिएको छ । यी तीनजनामाथि धार्मिक भावनामा ठोस पु¥याएको आरोप लगाइएको छ । वकिल हिमांशु श्रीवास्तवले उत्तर प्रदेशको जोनपुरको एक अदालतमा मुद्दा दर्ता गराएका छन् । यो मामिलामा हिमांशुको बयान १८ नोभेम्बरमा रेकर्ड गरिएको छ ।

ट्रेलरमा अजय चित्रगुप्त बनेका छन् । जो पाप र पुण्यको हिसाब गर्छन् । ट्रेलरमा उनलाई निकै छोटो कपडामा देखाइएको छ । यही दृश्यमा सामाजिक सञ्जाल प्रयोगकर्ता रिसाएका छन् । उजुरीमा अजयले आपत्तिजनक भाषाको प्रयोग गरिएको दाबी गरिएको छ । ‘चित्रगुप्तलाई कर्मको देवता मानिन्छ र उसले मानिसको राम्रो र नराम्रो कर्मको हिसाब गर्छन् । तर ट्रेलरमा देखाइएको चित्रगुप्तले धार्मिक भावनामा चोट पु¥याएको जनाइएको छ । यो फिल्म २४ अक्टोबरमा रिलिज हुँदैछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board