नेपालले मानवीय सहायता स्वरुप २२ टन राहत सामाग्री पाकिस्तानलाई दियो

काठामाडौं, २८ भदौ । नेपालले मानविय सहायता स्वरुप २२ टन राहत सामाग्री आज पाकिस्तानलाई हस्तान्तरण गरेको छ ।

परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालले ती सामाग्री पाकिस्तानको कराँची गई सिन्ध प्रान्तका समाज कल्याणमन्त्री साजिद जोखियोलाई हस्तान्तरण गरेकी हुन् ।

पछिल्लो दिनमा बाढीले पाकिस्तानका ठूलो जनधनको क्षति गरेपछि नेपालले उक्त राहत सामाग्री पठाएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको मानविय सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय वमोजिम आज २२ टन सामाग्री पाकिस्तानलाई हस्तान्तरण गरिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति