राष्ट्रपति भण्डारी र राप्रपा नेपालका अध्यक्ष थापाबीच भेटवार्ता

काठमाडौं, २७ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।

सोमबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटका क्रममा राष्ट्रपति भण्डारी र थापाबीच समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालले जनाएको छ ।

भेटमा पछिल्लो समय विवादमा रहेको नागरिकता विधेयकबारे पनि छलफल भएको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति