गठबन्धनमा टुंगिएन सिट बाँडफाँट

काठमाडौं, २६ भदौ । सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकेन । 

आइतबार नटुंगिएपछि सोमबार बिहान ८ बजे पुनः बैठक बस्ने एकीकृत समाजवादी सम्मानीत नेता झलनाथ खनालले जानकारी दिए । 

आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको उनले जानकारी दिए । बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो नलागेको जानकारी दिएका खनालले कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा भने रिपोर्टिङ भएको बताए । 

सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने खनालको भनाइ छ । सोमबारको बैठकले सिट बाँडफाँटको टुंगो लगाउने उनको दाबी छ  ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति