व्यवस्था परिवर्तनमा मुख्य भूमिका माओवादीको हो रजाइँ अरुले गरे : शिक्षामन्त्री पौडेल

पोखरा, २६ भदौ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाइँ गरेकाले समस्या भएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको बैठकमा सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का सचिवसमेत रहेका मन्त्री पौडेलले माओवादीले ल्याएको एजेन्डालाई संस्थागत गर्नकाा लागि माओवादी निकट पत्रकारले आक्रामक ढंगले प्रचार मोर्चामा लाग्न निर्देशनसमेत दिए ।

उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले माओवादी उमेदवारले आगामी चुनावमा जित्नु पर्ने बताए ।

उनले प्रेस सेन्टरका पत्रकारहरूले व्यवसायिक दक्षतामा समेत वृद्धि गर्नुपर्ने बताउँदै आफ्नै मिडियाको विकास, अन्य मिडियामा हस्तक्षेपकारी प्रचार र सोसल मिडियाको प्रभावकारी उपयोग गरेर अगाडि बढ्न आग्रह गरे ।

प्रेस सेन्टर नेपालको गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्लेको अध्यक्षतामा भएको बैठकमा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा, माओवादी केन्द्रका प्रदेश समिति इन्चार्ज हितराज पाण्डे, अध्यक्ष गायत्री गुरुङ, पोलिटव्युरो सदस्य राजकाजी गुरूङ, पोलिटब्युरो सदस्य किशन शर्माको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल गिरि, उपाध्यक्षहरू शुरेशचन्द्र अधिकारी, निर्मल ज्ञवाली, लक्ष्मण खड्का, त्रिभुवन पौडेल, प्रदेश महासचिव सन्तोष पौडेलसहित पदाधिकारी र प्रदेश तथा जिल्लाका नेताहरूको उपस्थिति रहेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति