गण्डकीको समृद्धिका लागि फेरि मुख्यमन्त्री बन्छु : पृथ्वीसुब्बा गुरुङ

लमजुङ, २६ भदौ । गण्डकीका संस्थापक मुख्यमन्त्री एवं नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासका लागि फेरि मुख्यमन्त्री बनेर आउने बताएका छन् ।

शान्तिटोल तमु आमा तथा बाबा समूह बेँसीसहर–७ मा निर्मित भवनको शनिबार उद्घाटन गर्दै गुरुङले सो कुरा बताएका हुन् । उपमहासचिव गुरुङले प्रदेशको विकासका लागि आफू पुनः मुख्यमन्त्री बन्ने समेत बताए । अर्को एक प्रसंंगमा नेता गुरुङले ३३ प्रतिशत महिला प्रतिनिधित्व भएको संविधान युरोप अमेरिका जस्ता समृद्ध राष्ट्रहरूको भन्दा अब्बल भएको दाबी गरे ।

“संघीय शासन नआएको भए मधेसी, जनजाति समुदायका मानिस मुख्यमन्त्री बन्न सक्ने आधार नै थिएन,” उनले भने ।

संघीयताका कारण गाउँगाउँसम्म ठुलो बजेट विनियोजन गर्न सकिएको उनले बताए । नेता गुरुङले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पार्टीभन्दा पनि विकासप्रेमी नेतालाई जिताउन आग्रह गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति