विलियम र केटलाई प्रिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि

काठमाडौँ, २५ भदौ । बेलायतका राजा चार्ल्सले शुक्रबार आफ्नो जेठो छोरा विलियम र बुहारी केटलाई प्रिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि प्रदान गरेका छन् । यसअघि यो उपाधि उनी र उनकी दिवंगत पत्नी डायनाले प्राप्त गरेका थिए ।

विलियमको जन्म सन् १९८२ को २१ जुनमा जन्मिएका विलियमको केट मिडल्टनसँग सन् २०११ मा विवाह भएको थियो । केट र मिडल्टनका दुई छोरा र एक छोरी छन् ।

सन् १९५८ मा वेल्सका राजकुमार बनेका चार्ल्स बिहीबार आफ्नी आमा महारानी एलिजाबेथको निधनपछि स्वतः राजा बनेका थिए । महारानीको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति