गठबन्धन राष्ट्रिय आवश्यकता हो : शशांक कोइराला

कावासोती, २५ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शशांक कोइरालाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

नेपाली कांग्रेस नवलपुरले यहाँ आयोजना गरेको जनताका साथमा कांग्रेस अभियानको समापन तथा बिपी जयन्ती कार्यक्रममा सहभागी हुन आउनुभएका कोइरालाले सो धारणा व्यक्त गरेका हुन् । कोइरालाले भने, “नेपाली कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमत नजिक पुग्छ तर अहिलेको राष्ट्रिय आवश्यकता भनेको गठबन्धन हो ।”

कोइरालाले आफू पनि गठबन्धन गर्न हुँदैन भन्ने पक्षमा भएको भए पनि अहिलेको आवश्यकताले गठबन्धन गरेर निर्वाचनमा जानुपरेको बताए ।

फरक प्रसंगमा कोइरालाले अहिले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियरुपमा बिपीले स्थापना गरेको प्रजातान्त्रिक समाजवादको आवश्यकता बढ्दै गएको बताए । आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराएर देशलाई प्रजातान्त्रिक समाजवादको बाटोमा हिँडाउनसमेत कोइरालाले अपिल गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति