समता फुटबल प्रतियोगिताको तयारी पुरा

खोटाङ, २४ भदौ । खोटाङमा समता फुटबल क्लबको आयोजनामा हुने खुला पुरुष फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

आयोजक समता फुटबल क्लबले शुक्रबार दिक्तेलको माटिकोरे खेलमैदानमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिता शनिबार माटिकोरे खेलमैदानमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतियोगितामा जिल्लाका क्लब, वडा र संघसंस्था गरी १७ टिमको प्रतिस्पर्धा हुने समता फुटबल क्लबका अध्यक्ष डिके दिनेशले जानकारी दिए । उद्घाटन खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नमस्ते सुपर खोटाङ यातायात प्रालिबीच हुने छ ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५१ हजार १११, दोस्रो स्थान प्राप्त गर्ने टिमले २७ हजार ७७७ र तेस्रो स्थान प्राप्त गर्ने टिमले १२ हजार ५५५ रुपैयाँकाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सर्वाधिक गोलकर्तालाई नगद तीन हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ ।

यस्तै, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डर र वींगर्सलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव सुमन हिङमाङले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति