चुनावी तालमेलबारे ओली र ठाकुरबीच छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

भेटमा चुनावी तालमेलबारे छलफल भएको नेताहरुले बताएका छन् ।

लोसपाका एक नेताले भने, ‘अध्यक्षले आज आफैं कुरा गर्नुभएको हो, चुनावी सहकार्यबारे छलफल सकारात्मक दिशामा छ भन्ने हामीलाई जानकारी गराउनुभयो ।’

चुनावी तालमेलबारे एमालेले एक साताअघि नै चुनावी तालमेलका लागि प्रस्ताव पठाएको थियो । लोसपाले भने कुनै निर्णय दिएको थिएन ।

लोसपा एमालेसित सहमति गरेर चुनावी तालमेलमा जाने स्थिति बनेको छ । त्यसका लागि कसले कति सिट लिने भन्नेबारे भने निचोडमा पुगिनसकेको बताइएको छ ।

ती नेताका अनुसार मधेस प्रदेशमा रहेका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये करिब १८ वटा लिनेगरी एमालेसँग सहमति बन्न सक्छ । अनौपचारिक छलफल सकारात्मक मोडमा रहेको दुवै पक्षका नेताहरु बताउँछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति