सिन्धुलीमा हायस र मोटरसाइकल ठोक्कियो, एक जना गम्भीर घाइते

काठमाडौं । सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको हायस र काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जना गम्भीर घाइते भएका छन् ।

स्थानीय व्यवसायी रविन कायस्थका अनुसार, बिहीबार बिहान करिब १० बजेतिर सो दुर्घटना भएको हो । हायस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते भएका छन् ।

घाइतेलाई तत्काल उपचारका लागि धुलिखेल अस्पतालतर्फ लागिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाक्यले जानकारी दिए । अन्य केही व्यक्ति पनि घाइते भएका छन् ।

गाडी र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

फोटो : रविन कायस्थको फेसबुकबाट

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति