सिन्धुलीमा हायस र मोटरसाइकल ठोक्कियो, एक जना गम्भीर घाइते

काठमाडौं । सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको हायस र काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जना गम्भीर घाइते भएका छन् ।

स्थानीय व्यवसायी रविन कायस्थका अनुसार, बिहीबार बिहान करिब १० बजेतिर सो दुर्घटना भएको हो । हायस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते भएका छन् ।

घाइतेलाई तत्काल उपचारका लागि धुलिखेल अस्पतालतर्फ लागिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाक्यले जानकारी दिए । अन्य केही व्यक्ति पनि घाइते भएका छन् ।

गाडी र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

फोटो : रविन कायस्थको फेसबुकबाट

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board