पाकिस्तानमा मानवीय संकटको खतरा : डब्लुएचओ

काठमाडौँ, २३ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो ।

एक दशकयताकै ठुलो बाढीले सयौ घर बगाएको छ भने सडक खण्ड भत्किएका छन् । त्यस्तै बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको छ ।

अधिकांश भूभाग जलमग्न छ । बाढीले ठुलो महासागर बनेको छ । बाढीले अकल्पनीय संकट ल्याएको छ । जुनदेखि सुरु भएको वर्षा सिजनमा अहिलेसम्म १२ सय जना बढीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् ।

बाढीले ३ करोड ३० लाख पाकिस्तानी प्रभावित भएका छन् । देशको उत्तरी स्वात उपत्यकामा बाढीले पुल, सडक बगाउँदा दर्जनौ गाउँसँगको सम्पर्क टुटेको छ । पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसलाई त्यहाँबाट सुरक्षित क्षेत्रतर्फ जान भनिएको छ ।

यस वर्षको कीर्तिमानी मनुसनलाई सन् २०१० को विनाशकारी बाढीसँग तुलना गरिएको छ । उक्त बाढीमा २ हजार जनाको मृत्यु भएको थियो । देशको करिब आधा कपास बाली बगेको र तरकारी, फलफूल र धान खेतीमा ठुलो क्षति भएको उनले बताए । बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति