विद्यार्थीको मञ्चमा प्रचण्ड–जनार्दनबीच घोचपेच, उपमहासचिव पद अस्वीकार

काठमाडौं २२ भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीच घोचपेच भएको छ । बुधबार काठमाडौँमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्ड र अर्थमन्त्री समेत रहेका शर्माबीच नीति र नेतृत्वका बारेमा घोचपेच भएको हो ।

अध्यक्ष प्रचण्डअघि बोलेका शर्माले नीति र नेतृत्व सही ढंगले चल्न नसकेकोमा असन्तुष्टि जनाएका थिए । ‘म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ, सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो । त्यो कुरामा म गम्भीर छु’शर्माले अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भनेका थिए, ‘तर नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्छ भन्ने मेरो माग हो ।’

जनार्दनको यो कुरा सुनेका प्रचण्डले पनि उनलाई सोही शैलीमा जवाफ फर्काए । प्रचण्डले भने, ‘जनार्दनजीले जाँदा जाँदै भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा । म तपाईंहरुलाई भन्न चाहान्छु –जनार्दनलाई रक्षा गर्न र हुर्काउन प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा पनि सवैले बुझ्न जरुरी छ ।’

प्रचण्डले शर्माको रक्षा र विकास गर्ने कुरामा आफ्नो मुख्य भूमिकालाई नबिर्सन चेतावनी दिए । अनेरास्ववियू क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स घोषणा’ कार्यक्रममा शर्माले आफूलाई उपमहासचिव बनाइएकोमा असन्तुष्टि पनि पोखेका थिए । उनले उपमहासचिवको रुपमा नभइ संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका थिए ।
जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षा,’ प्रचण्डले औला तोक्दै भने, ‘ जनार्दनलाई रक्षा गर्ने र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा तराईँहरु सबैले बुझन् जरुरी छ।’

प्रचण्डले आफूले सबै खालको आन्दोलनको नेतृत्व गरिसकेकोले राम्रो उत्तराधिकारीको खोजी गरिरहेको बताए।

तर, गुटगट प्रवृत्तिबाट माथि उठ्ने उत्तराधिकारी नभएको प्रचण्डको भनाई थियो।

‘मैले त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ, संविधानसभाको पनि नेतृत्व गरेँ, संघीय लोकतान्त्रिक गणतन्त्रको पनि, मेरो लागि धेरै चिज भएकै छ। अब मेरो सपना के हो तरु –राम्रो उत्तराधिकारीहरू तयार हुन् । तिनले होल पार्टीलाई एकतावद्ध गरेर लैजाउन,’ प्रचण्डले थपे, ‘तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरुन्। हाम्रो क्रान्तिकारी विरासतलाई अगाडि बढाउन सम्पूर्ण उदारताको साथ ठूलो छाती गरेर अगाडि बढुन। यही मेरो सपना छ। विद्यार्थी साथीहरुले एकतावद्ध भएर यो सपना पूरा गर्न लाग्नुहोस्।’
यस अघि गर्दै उनले सो कुरा बताएका हुन्। ‘म नीति र नेतृत्वको रक्षा गर्दै आएको मान्छे हुँ, सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायीत्व हो,’ उनले भने, ‘अध्यक्षको सबैभन्दा बढी आलोचक मै हुँ, अध्यक्षको ंरक्षक र रक्षा गर्ने पनि मै हुँ,’उनले भने।

नीति र नेतृत्वको रक्षा नहुँदा आन्दोलन पनि नहुने बताएका हुन्। ‘चाकडीले रक्षा हुँदैन। व्यवहारमा क्रान्तिकारी हुनुपर्छ,’ शर्माले भने, ‘आजको नेपालको राजनीति अध्यक्षकै वरिपरि घुमिरहेको छ।’

अराजक गर्नेलाई नेतृत्वले पुलपुल्याउने कुरा खराब भएको उनले बताए। ‘संगठन विधि र पद्धतिमा बस्नपर्यो, पद र शक्तिको होडमा आज कुरा गर्ने होइन,’ शर्माले भने, ‘विद्यार्थी संगठनमा देखिएको समस्याको समाधानका लागि लाग्नुहोस्।’

कसैले कुरा लगाइदिएको भरमा अध्यक्षले कसैको कुरा सुन्न नहुने उनको भनाई छ। ‘जनताको जनमत लिएर अध्यक्ष कमरेडले चितवनमा गरेको जस्तै भाषण सबैले सिक्नुपर्छ,’ शर्माले भने, ‘स्वार्थ समूहले स्वार्थ पुर्तिका लागि केही गर्न सक्छन्।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति