जेटस्टारले बालीमा फसेका यात्रुसँग माग्यो माफी

बाली, २१ भदौ । जेटस्टारले गत हप्ता उडान रद्दका कारण इन्डोनेसियाको बालीमा फसेका करिब ४ हजार यात्रुसँग माफी मागेको छ । उक्त एयरलाइन्सले सेप्टेम्बर १ देखि डेनपसारबाट सिड्नी र मेलबर्नका लागि आठ उडान रद्द गरेको जनाएको छ ।

आक्रोशित यात्रुहरूले सामाजिक सञ्जालमा अन्तिम मिनेटमा आफूहरू ठगिएको गुनासो गरेका छन् । १८० यात्रुहरु अझै पनि बालीमा फसेको जेटस्टारले जनाएको छ । अष्ट्रेलियाको एयरलाइन क्वान्टासद्वारा सञ्चालित उक्त एयरलाइनले अधिकांश प्रभावित यात्रुहरूलाई खाने र बासको व्यवस्था गरिएको जनाएको छ ।

तीन सयभन्दा बढी ग्राहक बोकेर इन्डोनेसियाको डेनपसारदेखि अस्ट्रेलियाको मेलबर्नसम्मका ग्राहकलाई उडान भर्न मंगलबार दुईवटा विशेष उडान सञ्चालन गर्ने एयरलाइन्सले जनाएको छ । डेनपसारबाट मेलबर्न र सिड्नीका लागि निर्धारित अन्य तीन उडान बाहेक दुई विशेष उडान सञ्चालन गर्न लागिएको हो ।

क्वान्टासले फेव्रुवरीमा अस्ट्रेलियाले आफ्नो सिमाना पुनः खोलेपछि उडान रद्द र लगेज हराउने समस्याबाट गुज्रिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति