आज यसरी टुंग्याउँदैछ कार्यदलले सिट भागवण्डा

काठमाडौं,२१ भदौं । सत्ता गठबन्धनबीच सिट बाँडफाँटको टुङ्गो आज लाग्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले सिट बाँडफाँटको टुङ्गो आज लगाउने निष्कर्ष निकालेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फ सिट बाँडफाँटको एकै पटक टुङ्गो लगाउने गरी कार्यदलले खाका बनाएको छ । गठवन्धनबीच सिट बाटफाँटको खाकालाई अन्तिम रूप दिने भनिएको कार्यदलको बैठकमा गठबन्धनका शीर्ष नेताहरूको समेत उपस्थित रहेको थियो ।

सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा आज टुङ्गो लगाउने र बाँडफाँटको मोडालिटी सहमति नजिक पुगेको नेताहरूले बताएका छन् ।

गठबन्धन दलहरू सिट बाँडफाँटको कसरतमा जुटिरहँदा गठबन्धन भित्रका दलका साथै अन्य दलहरूले आ-आफ्ना उम्मेदवारहरू निर्वाचन क्षेत्रबाट सिफारिस गरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति