आज यसरी टुंग्याउँदैछ कार्यदलले सिट भागवण्डा

काठमाडौं,२१ भदौं । सत्ता गठबन्धनबीच सिट बाँडफाँटको टुङ्गो आज लाग्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले सिट बाँडफाँटको टुङ्गो आज लगाउने निष्कर्ष निकालेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फ सिट बाँडफाँटको एकै पटक टुङ्गो लगाउने गरी कार्यदलले खाका बनाएको छ । गठवन्धनबीच सिट बाटफाँटको खाकालाई अन्तिम रूप दिने भनिएको कार्यदलको बैठकमा गठबन्धनका शीर्ष नेताहरूको समेत उपस्थित रहेको थियो ।

सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा आज टुङ्गो लगाउने र बाँडफाँटको मोडालिटी सहमति नजिक पुगेको नेताहरूले बताएका छन् ।

गठबन्धन दलहरू सिट बाँडफाँटको कसरतमा जुटिरहँदा गठबन्धन भित्रका दलका साथै अन्य दलहरूले आ-आफ्ना उम्मेदवारहरू निर्वाचन क्षेत्रबाट सिफारिस गरिरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board