बुर्किना फासोमा विद्रोहीको बिस्फोटमा ३५ जनाको मृत्यु

काठमाडौँ, २१ भदौ । बुर्किना फासोको उत्तरी क्षेत्रमा आपूर्ति बोकेको एउटा गाडिमा बिस्फोटक पदार्थ प्रहार हुँदा कम्तीमा ३५ सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ३७ जना घाइते भएका छन् ।

आइतवार बौर्जांगादेखि जिबोको बीचको सडक खन्डमा एउटा समूहले सो बिस्फोट गराएको सहेल क्षेत्रका गभर्नर रोडोल्फे सोर्गोले एक विज्ञप्तिमा बताएका छन् । सशस्त्र जिहादी समूहले सो हमला गरेको हो अनुमान गरिएको छ ।

उक्त गाडि उत्तरबाट बुर्किना फासोको राजधानी ओवागाडोउको लागि प्रस्थान गरेको थियो । गाडिभित्र सर्वसाधारण र व्यपारी थिए । यसअघि जिहादी समूहले उत्तरका सहर डोरी र जिबोतर्फ जाने सडकमा गराएका विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति