युक्रेन युद्ध : रुसले कब्जा गरेको क्षेत्रमा ‘जनमत संग्रह’ स्थगित

किभ, २१ भदौ । युक्रेनको दक्षिणी सहर खेरसनमा रुसी अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै रुससँग सामेल हुने तथाकथित जनमत संग्रह स्थगित गरेका छन् । ‘सुरक्षा अवस्थाका कारण यो रोकिएको हो,’ त्यहाँ रुसी नियुक्त प्रशासनका उपप्रमुख किरिल स्ट्रेमोसोभले भने ।

भारी युक्रेनी गोलाबारीले खेरसनको मुख्य पुलमा अवरोध भएको उनले बताए । युक्रेन र यसका पश्चिमा सहयोगीले खेरसन र अन्य क्षेत्रमा जनमत संग्रह योजनालाई गैरकानुनी भन्दै निन्दा गरेका छन् ।

यसैबीच, युक्रेनी सेनाले मध्य खेरसनबाट करिब १६७ किलोमिटर (१०४ माइल) उत्तरमा रहेको सानो सहर भाइसोकोपिल्या सहरलाई पुनः कब्जा गरेको दाबी गरेको छ । झण्डै ४ हजार बासिन्दा रहेको सहरमा युक्रेनी झण्डा फहराउँदै गरेको तस्बिर सार्वजनिक भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति