नेप्से परिसूचक ४.२ अंक घटेर १९७३ अंकमा कायम

काठमाडौं ,२० भदौ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर कारोबार ९० करोड ९९ लाख रुपैयाँमा खुम्चिएको छ । आइतबार १ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको थियो । सोमबार नेप्से परिसूचक ४।२ अंक घटेर १९७३ अंकमा कायम भएको छ ।

कुल ६१ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने १० को स्थिर छ । सोमबार बैंकिङ १।३, विकास बैंक १०।८, फाइनान्स ९।८, होटल तथा पर्यटन ८, जलविद्युत् ६, जीवन बिमा ५, निर्जीवन बीमा ४, अन्य १५ तथा ब्यापार उपसमूह ८ अंक घटे ।

उत्पादन १ र माइक्रोफाइनान्स उपसमूह २ अंक बढे । मैलुङखोला जलविद्युत्‌को मूल्य सबैभन्दा धेरै ७ प्रतिशत बढ्यो । रुरुको सबैभन्दा धेरै ६‍।५ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा रिडी पावर, हिमालयन एभरेस्ट इन्स्योरेन्स, नबिल बैंक, नेस्डो लघुवित्त र नेपाल टेलिकम क्रमशस् अगाडि छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति