प्रधानसेनापति शर्मा र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता 

काठमाडौं, २० भदौ । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यष मनोज पाण्डेबीच भेटवार्ता भएको छ । 

सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताएका छन् । 

भेटवार्तामा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय हित, सैन्य सहयोग लगायतका विषयमा छलफल भएको जनाइएको छ । 

नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आइपुगेका हुन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति