मुख्यमन्त्री राउत पर्सा–१ ‘ख’बाट सिफारिस

वीरगञ्ज, १९ भदौ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पर्सा क्षेत्र नम्बर १ को ‘ख’बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ ।

गत निर्वाचनमा पनि जसपाले उनलाई सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा सिफारिस गरेको थियो ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नम्बर १ को ‘ख’बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति