नेपालमा थपिए दुई सय कोरोना संक्रमित

काठमाडौं, १९ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका दुई सय जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय ३७ जनाको परीक्षण गर्दा दुई सय जनामा संक्रमण पुष्टि भएको हो ।

१३ सय ८१ जनाको पीसीआर गर्दा ९२ जनामा तथा २१ सय ५६ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३ सय ३९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ९७ हजार १ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । दुई संक्रमितको निधन भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ४२ रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति