धाँधलीमुक्त निर्वाचन हुनेमा ओलीको आशंका, भने- ‘प्रहरी प्रशासनले बुथ कब्जा गर्नेलाई साथ नदिनोस्’

काठमाडौं, १८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी प्रशासनका सबै तहका कर्मचारीलाई आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बुथ क्याप्चर गर्ने, अनियमितता गर्ने, जनताको सार्वभौसत्ता सम्पन्न अधिकारमाथि हस्तक्षेप गर्नेको साथ नदिन आग्रह गरेका छन् ।

नेकपा एमाले सुनसरी‌ ३ क्षेत्रीय समन्वय समितिले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरी प्रशासनका कर्मचारी कुनै एक पार्टीको नहुने र उनीहरूले खाने तलब भत्ता पनि कुनै राजनीतिक दलले नदिने हुँदा जनताको अधिकारको पक्षमा लाग्न आग्रह गरे ।

उनले निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मच्याउने, धाधँली गर्ने खालका क्रियाकलापमा प्रहरी प्रशासन, राज्य संयन्त्रका अंग र ती अंगका व्यक्तिहरु निकायका व्यक्ति सरिक नहुने बताए । अध्यक्ष ओलीले यस्ता गतिविधिमा प्रहरी प्रशासन र राष्ट्रसेवकहरू सारिक नहुने विश्वास व्यक्त पनि गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति