उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

उदयपुर, १७ भदौ । उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका-७ उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको प्रहरीले जनाएको छ । 

हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेका छन् । 

घटनास्थल उदपुरको विकट ठाउँमा रहेको र उनीहरूको शव टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति