प्रचण्डले भने, ‘संघ र प्रदेशको क्षेत्र तोकेरै सिट बाँडफाँट हुन्छ’

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबीचमा संघ र प्रदेशको निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने जानकारी दिएका छन् ।

शुक्रबार सुर्खेत पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै सिट बाँडफाँटको विषयमा बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र कुनै विवाद नभएको बताए ।

उनले भने, ‘प्रदेश र क्षेत्रसहित एकैपटक टुंगो लगाउने एक खालको सहमति भएको छ । असहमति भन्ने छैन । त्यसलाई प्रभावकारी कसरी बनाउने भन्नेतिर नै छलफल केन्द्रित छ ।’

हिजो अबेरसम्म बसेर गठबन्धनमा संख्या सहमतिको नजिक पुर्याएको र अब एकैपटक प्रदेश र क्षेत्रको पनि टुंग्याउने गरी आज दिनभरी छलफल हुने अध्यक्ष प्रचण्डले बताए । ‘आजको छलफल सकिएपछि भोलिसम्म बसेर क्षेत्र र प्रदेश समेत सबै कुरालाई समग्रमा टुंग्याउने सहमति गरेका छौं’ प्रचण्डले भने ।

यो पटक प्रतिनिधि र प्रदेश दुबैमा सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति