सिद्धार्थ राजमार्ग ४० मिटर भासियो, राजमार्ग अवरुद्ध

काठमाडौं, १७ भदौ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका–५  हिउँदेखोला नजिकै करिब ४० मिटर सडक भासिएको छ । 

बिहीबार अपरान्ह साढे ४ बजेदेखी अवरूद्ध सडकमा जेसिवीको सहयोगमा वैकल्पिक ट्रयाक खोलेता पनि वर्षाका कारण  हिलोले समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

निरन्तरको वर्षापछि सडकको अधिकांश भाग भासिदा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पा आउने सवारी साधन हिजैबाट हिउँदे खोला आसपासमै रोकिएका छन् । 

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने आउने सचारी साधनको आवागमनमा प्रभाव परेको प्रहरी चौकी दोभान पाल्पाले जनाएको छ ।

  • File photo
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति