डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले बढ्यो

काठमाडौँ, १७ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।

बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ । अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पर्ने छ ।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

मूल्य समायोजनपछि पनि १५ दनमा करिब ३० करोड ५२ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति