सिन्धुली । सामाजिक अभियन्ता उज्वल विक्रम थापाले नेपाली महिला पीडित हुँदा बेवास्ता गर्ने सरकारले विदेशी महिलालाई नागरिकता दिन हतारो गरेको आरोप लगाएका छन् ।
स्वतन्त्र पार्टीले सिन्धुलीमा गरेको भेलामा अतिथिको रुपमा सम्बोधन गर्दै अभियन्ता थापाले नेपाली महिलाहरु जलनको शिकार भइरहेको, पीडित भएको भन्दै त्यसतर्फ सरकारको ध्यान जान नसकेको बताए । उनले सरकारलाई प्रश्न गरे, ‘‘नेपाली महिलाको पीडामा वास्तै छैन, विदेशी महिलालाई नागरिकता दिन किन हतारो ?’
सिन्धुलीका दुःखी, गरिब, असहाय र बिरामीहरुका लागि मात्र नभएर धेरै ठाउँका मानिसलाई उपचार लगायतमा सेवा गरिरहेको भन्दै उनले राज्यबाट सेवा सुविधा लिएर तलब खानेहरुले बेवास्ता गर्दै गरेको उनले स्मरण गरे ।
सिन्धुलीका धेरै नागरिकले उज्वल थापा चुनावमा उठोस, भोट दिएर गुण तिर्छौ भन्नेहरु पाएको भन्दै उनले नागरिकको हैसियतले चुनावमा उठ्न पाउने अधिकार रहेको भन्दे चुनावमा उठ्ने संकेत गरे । तर, स्पष्ट रुपमा भने उनले चुनावमा उम्मेदवार हुने बताएनन् ।
उनले आफू कुनै पनि पार्टीको सदस्य नरहेको बताउँदै स्वतन्त्र पार्टीको पनि सदस्य नरहेको स्पष्ट पारे । निम्तो गरेकाले भेलामा शुभकामना दिन आएको उनको भनाइ थियो ।
प्रतिक्रिया