एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य शाही एमाले फर्किए

काठमाडौं, १६ भदौ । एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमाले प्रवेश गरेका छन् ।

अध्यक्ष केपी ओलीले डोल्पाका स्थानीय नेता शाहीलाई बिहीबार खादा लगाई पार्टी प्रवेश गराए । शाही पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट गएका थिए । उनीसँगै जीवनबहादुर शाहीलगायत पनि एमालेमा प्रवेश गरेका छन् ।

बुधबार ओलीले कञ्चनपुर पुगेर एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश अध्यक्ष करवीर चौधरी, तारा लामालगायतलाई एमाले प्रवेश गराएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति