काठमाडौं । शीर्ष नेताबीचको बैठक सकिएलगत्तै सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा जारी बैठकमा सिट बाँडफाँटबारे छलफल हुने छ ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजगत्वमा बनेको कार्यदलले प्रतिवेदन तयार गरेर नेताहरुलाई बुझाइसकेको छ। तर, दलहरुबीच सिट संख्याबारे टुंगो लागिसकेको छैन ।
अहिलेसम्म कांग्रेसले प्रतिनिधि सभाको सय सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी गरेको छ ।
बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भएको थियो।
बैठकमा सहमति नजुटेपछि संचारमन्त्री समेत रहेका कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले छलफल सकारात्मक भएको बताएका थिए। उनले सकेसम्म बिहीबार नै टुंगोमा पुगेर सार्वजनिक गर्ने पनि बताएका थिए।
प्रतिक्रिया