बुद्धनगरमा ६ तलामाथिबाट खस्दा दुई बालबालिकाको मृत्यु

काठमाडौं, १५ भदौ । काठमाडौंको बुद्धनगरस्थित एक घरमा ६ तलामाथिबाट खस्दा दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवाल रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरूलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गरिरहेको थालिएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति