केपी ओलीको क्षेत्रबाट हाँस्य कलाकार जिग्रीले पनि उम्मेदवारी दिने

काठमाडौं । चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् ।

अगामी ४ मंसिरमा हुने निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने भएका हुन् । उनले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका हुन् । उनको उम्मेदवारीको बिषयमा बनेको ब्यानर अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने बिषय अझै फाइनल हुन बाँकी रहेको कलाकार कुमार कट्टेलले बताए । ‘मैले उम्मेदवारी दिने सोच बनाएको हो । त्यसअनुसार साथीहरुसँग छलफलमा पनि छु’ कट्टेलले भने–‘छलफल जारी रहदा नै साथीहरुले ब्यानर बनाएर सामाजिक सञ्जालमा भाइरल गरेछन् ।’

आफु उम्मेदवार बन्ने नबन्ने निर्णय नभएपनि बन्न सक्ने सम्भावना धेरै भएको उनले सुनाए । झापा क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति