प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा काठमाडौंबाट एक युवती पक्राउ

काठमाडौं, १४ भदौ । काठमाडौं महानगरपालिका–३ स्थित सामाखुसीबाट प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अनुमति बिना सञ्चालित फार्मेसीमा उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेको हो ।

‘निरुपा फार्मेसी’मा छापा मारेर सञ्चालिका सुस्मा थापालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

फार्मेसी संचालिका गोरखा घर भएकी २९ वर्षीया सुस्मा मेडिकल पर्सन नभए पनि चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न मिल्ने नियन्त्रित औषधि लागूऔषध प्रयोगकर्तालाई बेच्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

फार्मेसीबाट प्रहरीले ट्रामाडोल क्याप्सुल ८१० थान, डिसाइसिओमिन ट्याब्लेट ९८० थान, डेक्स्ट्रोमेथोराफान २६५ ट्याब्लेट, स्टागन ट्याब्लेट ५३१ थान र गाबिक्स ट्याब्लेट १४२ थान सहित उल्लेख्य मात्रामा नियन्त्रीत औषधी बरामद गरेको छ ।

आरोपीलाई औषधी ऐन–२०३५  अनुसारको कसुरमा कारबाहीका लागी औषधी व्यवस्था विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति