पशुपतिनाथको पूर्वी ढोका १४ बर्ष पछि खुल्यो

काठमाडौं, १४ भदौं । पशुपतिनाथ मन्दिरको पुर्वी ढोका १४ बर्ष पछि खुलेको छ । 

पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) अवसरमा पशुपतिनाथको पूर्वी ढोका  खोलेको हो ।
 
पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द हुदैँ आएको थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालीलाई मुलभट्ट बनाउने प्रयास बिबादमा परे पछि सुरक्षाका कारण देखाउँदै पुर्वी ढोका बन्द हुदैँ आएको थियो । तर, यस बर्ष तीजको अवसरमा भने सो ढोका खोलिएको हो ।  

पशुपतिनाथको पुर्वी ढोका खोलेसँगै सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाएको पशुपतिनाथ विकास कोषले जनाएको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति