तिज आफना अभिव्यक्ति गर्ने महत्वपूर्ण अवसर : सभामुख सापकोटा

काठमाडौँ, १४ भदौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तिजको अअवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

सभामुख सापकोटाले हरितालिका तिजले सामूहिक रुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्धत पुग्ने विश्वास लिएकका छन् ।

‘नेपाली महिलाहरुले यस पर्वलाई स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवन यापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्नु हुने छ भन्ने अपेक्षा गरेको छु,’ सभामुखको शुभकामना सन्देशमा भनिएको छ ।

तिजलाई आफ्ना विषय अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर बनाउनेतर्फ ध्यान दिन सभामुख सापकोटाको आग्रहसमेत छ ।

तिज नेपाली महिलाहरुले मनाउने मौलिक पर्व भएको उल्लेख गर्दै सभामुख सापकोटाले यस पर्वमा परिवारका सदस्यहरुको पुनर्मिलन, साथी सँगीसँग भेटघाट गरेर आफ्ना सुख दुःख साटासाट गर्ने, विभिन्न परिकार बनाएर खाने, गीत–संगीतका माध्यमबाट मनोरञ्जन लिने विषयलाई विज्ञानसँग जोडनु पर्ने उनको तर्क छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति