एमाले नेताहरुलाई राष्ट्रपति भण्डारीले छलफलका लागि बोलाइन्

काठमाडौं । कांग्रेस नेताहरुसँग छलफल गरेका राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन् ।

राष्टपति भण्डारीले एमाले नेताहरुलाई सोमबार अपरान्ह ५ बजे राष्ट्रपति कार्यालयमा बोलाएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने एक नेताले जानकारी दिए ।

छलफलको विषय नखुले पनि हाल राष्ट्रियसभाको विधायन समितिमा छलफलमा रहेको नागरिकता विधेयकमाथि छलफल गर्न बोलाएको हुन सक्ने नेताहरुले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति