महानगरको टोलीबाट न्युरोडस्थित सुरज आर्केडको बेसमेन्ट खाली गराउन निर्देशन

काठमाडौं । काठमाडौंको न्युरोडस्थित सुरज आर्केडको बेसमेन्ट खाली गराउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ।

बेसमेन्टमा पार्किङ गराउनपर्ने भन्दै सुरज आर्केड अगाडिको पार्किङ हटाउन लागिएको महानगरपालिकाले जनाएको छ ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली न्युरोडमा रहेको सुरज आर्केडको पार्किङ खाली गराउन पुगेको हो।

केहीदिनदेखि नयाँ बानेश्वर, शंखमुल, सुन्धारा न्यूरोड लगायतका क्षेत्रका अवैधानिक संरचना धमाधम महानगरपालिकाले भत्काइरहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति