प्रहरी महानिरीक्षकद्वय अमेरिका जाँदै

काठमाडौँ, १३ भदौ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दै छन् ।

इन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन् ।

सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुर्व्यवसनीसम्बन्धी विषयमा छलफल हुने छ ।

एक सातासम्म अमेरिका रहँदा विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति