कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा

सुर्खेत , १२ भदौ । कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्धमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।

नेकपा ( माओवादी केन्द्र) संसदीय दलले उनीहरुलाई राजीनामा दिन आग्रह गरेसँगै आइतबार मन्त्रीद्वयले राजीनानामा बुझाएका हुन् । 

राजीनामा पत्र बुझेलगत्तै मुख्त्री शाहीले स्वीकृत समेत गरिसकेका छन् । साेमबार नयाँ मन्त्रीहरु नियुक्त हुने मुख्यमन्त्री शाहीले जानकारी दिए ।  

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति