सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

काठमाडौँ, १२ भदौ । आगामी निर्वाचनका लागि सिट बाँडफाँड कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँडबारे छफलल गर्ने भएको हो ।

कार्यदलले यसअघि अलग–अलग रूपमा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँडबारे छलफल गरेको थियो ।

सत्ता गठबन्धनभित्र सबै दलहरूले आ–आफ्नो दाबी पेस गरेका छन् । गठबन्धनमा सबैभन्दा ठुलो दलको हैसियतमा नेपाली कांग्रेसले धेरै सिट दाबी गरेको छ भने माओवादी केन्द्रले पनि दोस्रो हैसियतमा सिट दाबी गर्दा सिट बाँडफाँड निष्कर्षमा पुग्न सकेको छैन ।

यसअघिको कार्यदलको बैठकमा नेपाली कांग्रेसले १ सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी (जसपा)ले ३२ र राष्ट्रिय जनमोर्चाले ३ सिटको दाबी पेस गरेका थिए ।

प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएअनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति