लाजियोसँग इन्टर मिलान स्तब्ध

काठमाडौँ, ११ भदौ । इन्टर मिलान शुक्रबार इटालियन सिरी ‘ए’ मा लाजियोसँग ३–१ ले स्तब्ध भएको भएको छ । ४०औँ मिनेटमा एन्डरसनले गरेको गोलमा लाजियोले अग्रता लिएको थियो । ५१औँ मिनेटमा लौटारो मार्टिनेजको गोलमा इन्टर खेलमा फर्किएको थियो ।

तर, ७५औँ मिनेटमा लुइस अल्बेर्टोको गोलमा लाजियोले पुनः अग्रता लियो । ८६औँ मिनेटमा पेड्रो रोर्डीग्वेजले गरेको गोलमा लाजियोले सहज जित पक्का गरेको थियो ।

सुरुवाती दुई खेल जित्दै सिजनको सुखद सुरुवात गरेको इन्टरको यात्रा तेस्रो खेलमा भने रोकियो । इन्टरको तीन खेलमा ६ अंक छ ।

लाजियोले भने तीन खेलसम्म अपराजित यात्रा कायम राखेको छ । शीर्ष स्थानको लाजियोको तीन खेलमा सात अंक छ । त्यस्तै, अर्को खेलमा युडिनेसीले मोन्जालाई २१ ले हरायो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति