लाजियोसँग इन्टर मिलान स्तब्ध

काठमाडौँ, ११ भदौ । इन्टर मिलान शुक्रबार इटालियन सिरी ‘ए’ मा लाजियोसँग ३–१ ले स्तब्ध भएको भएको छ । ४०औँ मिनेटमा एन्डरसनले गरेको गोलमा लाजियोले अग्रता लिएको थियो । ५१औँ मिनेटमा लौटारो मार्टिनेजको गोलमा इन्टर खेलमा फर्किएको थियो ।

तर, ७५औँ मिनेटमा लुइस अल्बेर्टोको गोलमा लाजियोले पुनः अग्रता लियो । ८६औँ मिनेटमा पेड्रो रोर्डीग्वेजले गरेको गोलमा लाजियोले सहज जित पक्का गरेको थियो ।

सुरुवाती दुई खेल जित्दै सिजनको सुखद सुरुवात गरेको इन्टरको यात्रा तेस्रो खेलमा भने रोकियो । इन्टरको तीन खेलमा ६ अंक छ ।

लाजियोले भने तीन खेलसम्म अपराजित यात्रा कायम राखेको छ । शीर्ष स्थानको लाजियोको तीन खेलमा सात अंक छ । त्यस्तै, अर्को खेलमा युडिनेसीले मोन्जालाई २१ ले हरायो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board