पाकिस्तानमा बाढीबाट ९०० जनाको मृत्यु

इस्लामाबाद, ११ भदौ । पाकिस्तानमा आएको ऐतिहासिक वर्षा र बाढीबाट ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । जुनदेखि मनसुनी वर्षा र बाढीमा ९०० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

पाकिस्तानका जलवायु मन्त्रीले सरकार जलवायु–प्रेरित मानवीय प्रकोपसँग लडिरहेको बताइन् । आर्थिक संकटमा परके पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरेको छ ।

जलवायु मन्त्री शेरी रेहमानले देश आठौँ मनसुन वृत्तबाट गुज्रिएको छ, जबकि सामान्यतया देशमा वर्षाको तीनदखि चार वृत्त हुने गर्छ । गर्मीको मौसम सुरू भएदेखि धेरै मनसुन चक्रहरूले पाकिस्तानलाई असर गरेको छ । वर्षा र बाढीपछि सरकारले संकटकाल घोषणा गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति