काठमाडौं । आसन्न संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवारको नाम सिफरिस गर्न मातहतका कमिटीलाई नेपाली कांग्रेसले परिपत्र गरेको छ ।
प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र गर्दै कांग्रेसले उम्मेदवारको नाम सिफारिस गर्न भनेको छ ।
महामन्त्री गगन थापाद्वारा हस्ताक्षरित परिपत्रमा जिल्ला कार्यसमितिले भदौ १८ गतेभित्र प्रदेश कार्यसमितिलाई आकांक्षीको नाम पठाउनु पर्ने उल्लेख छ।




प्रतिक्रिया