काठमाडौं महानगरले यसरी खाली गरायो राहदानी विभागको बेसमेन्ट

काठमाडौं, १० भदौ । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गराएको छ । प्रमुख बालेन्द्र साह (बालेन)को नेतृत्वको महानगरको टोलीले शुक्रबार विभागको बेसमेन्ट खाली गराएको हो । 

भवनको नक्सा पासविपरीत बनेका संरचना भत्काउन थालेको महानगरले सोहीअनुरुप विभागको बेसमेन्ट खाली गराएको हो । सवारी पार्किङका लागि अनुमति लिएर बनाएको बेसमेन्टमा रहेका कुर्सीसहितका सामान महानगर हटाएको हो । 

सोमबार, बुधबार, बिहीबार नयाँ बानेश्वर, शंखमुल, सुन्धरा र न्युरोड, कोटेश्वरसहितका क्षेत्रमा बनाइएका अवैध संरचना भत्काएको महानगरले फुटपाथ पनि खाली गराएको छ । 

सोहीअनुसार शुक्रबार मेयर बालेन आफैं उपस्थित भएर राहदानी विभागको बेसमेन्ट खाली गराएका हुन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति