खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु : बालेन र हर्कभन्दा कम देखिएनन्, आफै खटिन्छन् जनतासँगै

काठमाडौं । यतिबेला वालेन साह र हर्क साम्पाङको चर्चा व्यापक छ । वालेन अवैध रुपमा बनाएको संरचना भत्काएर चर्चामा छन् भने हर्क खानेपानी र वृक्षारोपण जनतासँगसँगै गरेर चर्चामा छन् ।

तर, ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा बालेन र हर्कभन्दा कम देखिएनन् । बालेन र हर्कलेभन्दा बढी चुनौतीपूर्ण काम जनतासँगसँगै गरेको पाइएको छ ।

खिजिदेम्बाका स्थानीयले राखेको फेसबुक फोटोहरु हेर्दा उन सडक स्तरोन्नति गर्ने काममा गैती र बेल्चा आफै हान्दै सडक खुलाउन लागि परेका देखिन्छन् ।

पालिकाको जिम्मेवारी सम्हालेको १०० दिन पुग्दै गर्दा उनले उल्लेख्य रुपमा दर्जनौ काम गरेको पाइएको छ ।

सडक तथा ढल व्यवस्थापनतर्फ
१. ९ वटै वडाको मूल सडक, काठमाण्डौदेखि खिजिदेम्बा र खिजिदेम्बादेखि ओखलढुंगा सदरमुकामसम्म आवत–जावत सडक स्तरोन्नती ।

२. सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका हुँदै खिजिदेम्बाको वडा नं. ८ को काचपु, भुसिङ्गा, खोपीखर्क, टाँगा, चुली काप्ती, वडा नं. ७ को ज्यादिङ, थाम डाँडा, वडा नं. ४ को चर्नालु, वडा नं. ३ को पुठा त्यस्तै गरी वडा नं. ५ को जिरखर्क, डॉरखर्क, पात्लेखर्क हुँदै खिजिदेम्बाको खिजिफलाटे जोड्ने सडकका लागि राष्ट्रिय बजेट व्यवस्थापन ।

३. वडा नं. ५ खिजिफलाटे बजारहुँदै पाल्लेखर्क, दो भञ्ज्याङ, ६ नम्बर वडाको फेदी गुम्बा, हाते बन्से, हुँदै मोलुङ गाउँपालिकाबाट ओखलढुङ्गा सदरमुकाम हुँदै प्रदेश नं. १ को राजधानी जोडिने पक्की सडकका लागि संघीय मन्त्रालयबाट राष्ट्रिय बजेट व्यवस्थापन ।

४. खिजिफलाटेको बढ्दो बजारलाई लक्षित गरी ढल व्यवस्थापनको लागि क्रमागत योजनाका रुपमा संघीय मन्त्रालयबाट बजेट व्यवस्थापन ।
झोलुङ्गे पुल निर्माणतर्फ गाउँपालिकाको वडा नं. ७ बाट खिजिदेम्बाको वडा नं १ जोडिने ।

५. रामेछाप जिल्लाको उमाकुण्ड झोलुङ्गे पुलको लागि बजेट व्यवस्थापन

६. खिजिदेम्बाको ९ नं. वडामा रहेको मोलुङ खोला, ताउर, खोलाखर्क झोलुङ्गे पुलका लागि बजेट व्यवस्थापन ।

खानेपानीतर्फ–

१. खिजिदेम्बा गाउँपालिकामा पर्ने नेपालको सातवटा अग्लो डाँडामध्येमा पर्ने थोलेदेम्बा डाँडाको पर्यटनलाई लक्षित गरी प्रदेश नं. १, खानेपानी मन्त्रालयबाट खानेपानी आयोजनाका लागि बजेट व्यवस्थापन ।

२. वडा नं. ६ मा रहेको बन्से, कात्तिकेखर्क खानेपानी समस्यालाई मध्यनजर गरी प्रदेश बजेट डिपिआरका साथै बजेट व्यवस्थापन ।

स्वस्थ्यतर्फ–

१. प्रदेश स्वास्थ्य मन्त्रालयको अगुवाइमा एम्बुलेन्स गाउँपालिकाले प्राप्त गरी सञ्चालन ।

२. प्राथामिक आँखा उपचारको लागि तिलगंगा अस्पतालसंग सम्झौता गरी नेत्र सहायक कर्मचारी नियुक्त ।

३. सुत्केरीलाई निःशुल्क एम्बुलेन्स, २ जनाले लाभान्वित ।

४. गाउँपालिकाको अस्पतालमै भिडियो एक्सरे सेवा सञ्चालनका लागि रेडियो ग्राफर नियुक्त ।

५. सामुदायिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीको कर्मचारी गाउँटोलमै गएर कोभिड परीक्षण र सुरक्षा विधिबारे सचेतना कार्यक्रम सञ्चालन साथै ३ वर्षदेखि १२ वर्ष मुनिका १२९३ बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम सम्पन्न ।

शिक्षातर्फ–

१. शिक्षा क्षेत्रलाई ध्यानमा राखी १ वडा १ नमुना विद्यालयको अभियान थालनी र बजेट विनियोजन ।

२. वडा शिक्षा समिति पुनः गठन गर्दै म्याद सकिएका व्यवस्थापन समितिहरु पुनः गठन साथै शिक्षक आपूर्ति रहेको विद्यालयमा शिक्षक पदपूर्ति गरिएको ।

भौतिक तथा पूर्वाधार विकासतर्फ–

१. धार्मिक स्थल गुम्बा पुनःनिर्माणको लागि गुम्बा विकास समितिबाट बजेट व्यवस्थापन ।

२. निर्माणधिन २ तले प्रशासकीय भवनलाई २ तल थप्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयबाट बजेट स्वीकृत ।

३. ६ वटा वडा कार्यालयको भवन निर्माणका लागि बोलपत्र आह्वान गरी आगामी असोजदेखि निर्माण शुरु गर्ने तयारी ।

४. खिजिदेम्बा गाउँपालिकाको वडा नं। ५ मा सामुदायिक भवन निर्माणको लागि प्रदेश सरकारबाट बजेट व्यवस्थापन ।
५. विभिन्न वडामा श्रमदान र विभिन्न व्यक्तिको सहयोगमा काठे पुल निर्माण

जडिबुटीतर्फ–

१. जडीबुटी प्रशोधन तथा अनुसन्धानको लागि वन तथा वातावरण मन्त्रालयसँग कार्यक्रम असोजबाट काम शुरु हुने गरी सम्झौता ।

विद्युततर्फ–

१. केन्द्रीय विद्युत प्रशारण लाइनको लागि बोलपत्र आह्वान गरी कार्य थालनी ।

२. वृद्ध तथा विपन्न परिवार र एकल महिलाहरुलाई सोलर वितरण ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति