नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू

काठमाडौं, १० भदौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठक आसन्न मंसिर ४ को निर्वाचनमा केन्द्रित छ ।

आजको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरूको सपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, उम्मेदवारको छनोटको मापदण्ड, स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदनलगायत ११ एजेण्डा छन् ।

समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने कार्यसूची रहेको प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

केन्द्रीय कमिटीको बैठक भोलिसम्म चल्नेछ ।बिहीबारको पोल्टिब्यूरो बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दिइने उम्मेदवारको मापदण्डबारे छलफलमा भाग लिएका नेताहरूले समानुपातिकलाई सोही कोटामा दोहोर्‍याउन नहुने भन्दै प्रत्यक्षमा उम्मेदवार बन्न खुला रहेको बताएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति